अब बटुवाले नै बटन थिचेर बाटो पार गर्न सक्ने

काठमाडौँ, ११ मंसिर । ‍काठमाडौँको बबरमहलमा बटुवा आफैँले बटन थिचेर रातो बत्ती बाल्ने र बाटो पार गर्ने आधुनिक शैली शुरु हुँदैछ ।

काठमाडौँ जिल्ला अदालत अगाडि रहेको जेब्राक्रसको छेउमा रहेको पोलमा राखिएको बटन थिच्दा गाडी आइरहेकोतिर रातो र बटुवा उभिएको सडक छेउपट्टि हरियो बत्ती बल्छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र त्यसपछि दुई मिनेटसम्म फेरि बटन थिच्दा बत्ती नबल्ने गरी मिलाइएको छ ।

रातो बत्ती बलेपछि गाडी रोकिन्छन् र यात्रुले बाटो पार गर्न सक्छन् । यात्रुको चापअनुसार समयको सेटिङमा केही फेरबदल गर्न सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । ट्राफिक प्रहरीले जथाभाबी बटन नथिच्न र सकेसम्म ८–१० जना यात्रु जम्मा भइसकेपछि मात्रै बटन थिचेर सडक पार गर्न अनुरोध गरेको छ ।

बबरमहलबाहेकका अरु ठाउँमा पनि यस प्रकारको ट्राफिक बत्ती जडानको तयारी भइरहेको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको विदेश भ्रमण रद्द भएको छ । अन्तिम समयमा उनको भ्रमण रद्द भएको

रौतहट, वैशाख ३१ गते । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी

काठमाडौँ, ३० वैशाख । चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि पक्राउ परेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईंलगायतलाई थप पाँच दिन

काठमाडौँ, ३० बैशाख । जेठ ६ गते संसदमा प्रधानमन्त्री सँग प्रश्नोत्तर हुने भएको छ । उक्त दिन सांसदहरुले प्रत्यक्ष रुपमा