१२ अर्ब २५ करोड रुपैयाँको गलैँचा निर्यात

काठमाडौँ, ११ मंसिर । नेपाल प्रायः सबै वस्तुमा परनिर्भर छ । स्वदेशमा उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात भइरहेका छन् । तर नेपालको एउटा उत्पादन गलैँचा स्वदेशमा मात्र नभएर अमेरिकी बजारमासमेत लोकप्रिय छ । 

मुलुकले वार्षिक साढे १४ खर्ब रुपैयाँ व्यापार घाटा बेहोरिरहेको अवस्थामा उत्पादित गलैँचाले भने आशा जगाएको छ । आर्थिक वर्ष २०७९/८० मा नेपालबाट करिब १२ अर्ब २५ करोड रुपैयाँको गलैँचा विदेश निर्यात भएको छ । त्यसको आधाभन्दा बढी ७ अर्ब ३८ करोडको गलैँचा अमेरिका निर्यात भएको छ । 

भन्सार विभागका अनुसार गलैँचा निर्यात मूल्यको ६० प्रतिशत अमेरिका गएको देखिन्छ । यसले अमेरिकी बजारमा नेपाली गलैँचाको माग उच्च रहेको प्रष्ट सङ्केत गर्छ । नेपालमा उत्पादित गलैँचा गुणस्तरीय भएकाले अमेरिकी बजारमा राम्रो प्रभाव छाड्न सफल भएको नेपाल कार्पेट उत्पादक तथा निर्यात संघका अध्यक्ष तेन्जिङ शेर्पाले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्