दुई दिन सार्वजनिक बिदा

धनकुटा, १० मंसिर । धनकुटा नगरपालिकाले भोलि र पर्सि नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।

आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो । मुख्यगरी धनकुटा नगर क्षेत्रमा मात्र बसोबास गर्ने आठपहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा ११ र १२ गते सार्वजनिक विदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । ‘वडाङ्मेटमा हामीले हरेक वर्ष सार्वजनिक बिदा दिदै आएका छौं,’ मेयर तामाङले भने, ‘यो वर्ष पनि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छौं ।’

बिदामा नगर कार्यपालिकाको कार्यालय, १० वटै वडा कार्यालय, नगर क्षेत्र भित्रका नगरस्तरीय कार्यालय र विद्यालयहरू बन्द हुनेछन् । धनकुटा नगरपालिका क्षेत्रलाई आफ्नो उद्गम स्थल मान्दै आएका आठपहरियाहरूले १५ दिनसम्म धूमधामका साथ वडाङ्मेट पर्व मनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक

काठमाडौँ, ५ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ५ जेठ । सामुदायिक विद्यालयका शिक्षकले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्य लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा, राजनीतिक

काठमाडौँ, ५ जेठ । मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत