महानिरीक्षक कुँवर अस्ट्रिया प्रस्थान

काठमाडौँ, १० मंसिर । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आइतबार बिहान अस्ट्रियातर्फ प्रस्थान गरेका छन् । 

इन्टरपोल महासचिवालयको आयोजनामा अष्रिहायाको भियनामा मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन् । 

राष्ट्रिय केन्द्रीय ब्युरो नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।  इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झन्डा, इन्टरपोलको झन्डा र नेपाल प्रहरीको झन्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौँमै फर्किएको छ । आज

काठमाडौँ, ५ जेठ । लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

काठमाडौँ, ५ जेठ । नवलपरासी पश्चिमको सुनवल–परासी सडकखण्डमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ५ जेठ । लेदोसहितको पहिरोले हुम्लाको नाम्खा गाउँपालिका वडा नं.६ को तिलगाउँ उच्च जोखिममा परेको छ । गएको बिहीवार र