काठमाडौँ, १० मंसिर । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।