भूकम्प पीडितलाई चिसोबाट जोगिनै मुस्किल

काठमाडौँ, १० मंसिर । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई चिसोबाट जोगाउन मुस्किल परेको छ । भूकम्प गएको झण्डै एक महिना हुन लाग्दा समेत प्रभावित क्षेत्रमा अस्थायी आवासको निर्माण हुन सकेको छैन ।

गएको कात्तिक १७ गते भूकम्प गएपछि प्रभावितहरु त्रिपालमुनि बस्दै आएका छन् । उनीहरुलाई रुघाखोकी, ज्वरो, दम बढ्ने र पखला लाग्नेलगायतका समस्या देखिन थालेको छ । चिसो बढ्न थालेसँगै दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका र सुत्केरीलाई चिसोबाट जोगाउन मुस्किल पर्न थालेको छ ।

प्रभावित क्षेत्रमा पहिलो चरण अन्तरगतको राहत वितरण सकिएको जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुम पश्चिमले जनाएका छन् । यस्तै, अस्थायी आवास बनाउनका लागि पनि तयारी थालिएको जिल्ला प्रशासन कार्यालयको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ