बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३७ जना घाइते

काठमाडौँ, ९ मंसिर । उदयपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३७ जना घाइतेका छन् ।

उदयपुर प्रहरीका अनुसार पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्य २५ जनाको गाइघाटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जनाएको छ । 

उदयपुरगढी गाउँपालिका–७ अधेरी झर्ना नजिकै दुर्घटना हुँदा बस चालक त्रियुगा नगरपालिका ५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा–६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकाश चौधरीको मृत्यु भएको हो ।

त्रियुगा नगरपालिका ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको प्र–०५–००१ ख ००४४ नम्बरको बस दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्कुल बस चालकले गाउँको पिकनिकका लागि भाडामा लगेको खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको विदेश भ्रमण रद्द भएको छ । अन्तिम समयमा उनको भ्रमण रद्द भएको

रौतहट, वैशाख ३१ गते । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी

काठमाडौँ, ३० वैशाख । चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि पक्राउ परेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईंलगायतलाई थप पाँच दिन

काठमाडौँ, ३० बैशाख । जेठ ६ गते संसदमा प्रधानमन्त्री सँग प्रश्नोत्तर हुने भएको छ । उक्त दिन सांसदहरुले प्रत्यक्ष रुपमा