१२ जना जुवाडे पक्राउ

काठमाडौँ, ९ मंसिर । काठमाडौँ र कास्कीबाट १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१६ नयाँबजारस्थित सर्फेस नेपाल ट्राभल एण्ड टुर प्रालिको पार्किङतर्फ रहेको खाली स्थानमा जुवातास खेलिरहेको अवस्थामा ४ जना शुक्रबार साँझ पक्राउ परेका हुन् । 

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा भक्तपुर सूर्यविनायक नगरपालिका-४ घर भएका ५६ वर्षीय जस बहादुर तामाङ समेत ४ जनालाई नगद २९ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको बताइएको छ । 

उता कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेस्थित प्रज्वल प्रतीक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना शुक्रबार राति पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा खाजा घरका सञ्चालक पर्वत कुश्मा नगरपालिका-१३ घर भएका ४५ वर्षीय प्रेम बहादुर कार्की समेत ८ जनालाई नगद १ लाख ५ हजार ५ सय ६० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

काठमाडौँ, ३० बैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् । 

विराटनगर, ३० बैशाख । गृहमन्त्री रमेश लेखकले राजावादी गतिविधिबारे कडा चेतावनी दिएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले

काठमाडौँ, ३० बैशाख । प्रतिनिधि सभाले जेठ १ गतेदेखि १५ गतेसम्मको बैठक बस्ने पाक्षिक क्यालेन्डर तय गरेको छ ।  सभामुख