लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौँ, ९ मंसिर । कञ्चनपुर र कास्की जिल्लाबाट लागूऔषधसहित तीन जनाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका-९ धनसिंगा बस्ने ४० वर्षीया लक्ष्मी जैशी र भरात लख्खिमपुर खिरी विसैनपुरी उत्तर प्रदेश भारत बस्ने ४९ वर्षीय महंगा सिहलाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ४ सय ८७ ग्राम १ सय २० मिलिग्रामसहित शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी खड्डा कंकडबाट खटिएको प्रहरीले लक्ष्मी जैशीको घरबाट उक्त लागूऔषधसहित दुवै जनालाई पक्राउ गरेको हो । उता कास्कीको पोखरा महानगरपालिका-१४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ३५ ग्राम र गाँजाको तयारी धुलो (पोल्यान) जस्तो देखिने पदार्थ १० ग्रामसहित नर्वेका नागरिक ५३ वर्षीय रुन फ्लाथा  शुक्रबार बिहान पक्राउ परेका छन् । 

लागूऔषध नियन्त्रण ब्युरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखराबाट काठमाडौँ जान लागेका उनलाई विमानस्थलको प्रस्थान कक्षमा जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । उनी उपर लागूऔषध गाँजा शीर्षक मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्