माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

काठमाडौँ, ७ मंसिर । माछापुच्छ्रे बैंकको संचालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बिहीवार बसेको बैंकको ४९१ औँ संचालक समितिको बैंठकले रोशन केसीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै केसीलाई नयाँ अध्यक्षमा चयन गरेको हो । विगत ९ वर्षदेखि माछापुच्छ«े बैंकमा आबद्ध भई मिति २०७४/०१/१४ देखि २०७५/०९/२० यसै बैंकका अध्यक्षमा रहेका थिए । 

हाल अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व उनले गर्दै आएका थिए । उनी सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहदै आएका छन् ।   
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान