नेप्से परिसूचक २३.८२ अंकले घट्यो

काठमाडौँ, ५ मंसिर । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक करिब २४ अंकले घटेको छ ।

नेप्से परिसूचक मंगलबार २३.८२ अंकले घटेर १८२९.६५ को बिन्दुमा झरेको छ । यसदिन २८५ धितोपत्रको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर ९५ करोड चार लाख ७९ हनार ५८३ रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.२५ प्रतिशतले घटेर ३५२.०५ को बिन्दुमा कायम भएको छ । आज १३ वटा उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको समूहगत सूचक बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक घटेको छ । आज मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.१३ प्रतिशत र बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.४६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान