सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ, ३ मंसिर । छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाली प्रहरीले जानकारी दिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका-१ खहरेस्थित सडकमा रामबाच्छाबाट खहरेतर्फ जाँदै गरेको लु.१ ह ३६८ नम्बरको अटो अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार रूपन्देही तिलोत्तमा नगरपालिका-१० कान्छीबजार बस्ने ओम बहादुर लम्साल क्षेत्रीकी छोरी १६ महिनाकी कायरा क्षेत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता सिरहाको लहान नगरपालिका-२३ बथनाहास्थित सडकमा प्रदेश २-०३-००१ त ७५४२ नम्बरको ट्याक्टरले प्र.२-०१-००२प ८००१ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार अर्नमा गाउँपालिका-१ बस्ने २६ वर्षीय रोशन राय र उदयपुर त्रियुगा नगरपालिका-६ लालपत्ता बस्ने २६ वर्षीय सागर भुजेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका रोशन रायको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो भने सागर भुजेललाई थप उपचारको लागि विराटनगर नोबेल अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटना पश्चात् फरार रहेको ट्याक्टरको खोजी गर्ने क्रममा सखुवानन्कारकट्टी गाउँपालिका-३ महदेवा स्थितमा सवारी धनी सोही ठाउँ बस्ने ४५ वर्षीय राजलाल यादवको घरमा पार्किङ गरी राखेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर धनी र चालक समेतको प्रहरीले खोजी गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० मंसिर । प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने

काठमाडौँ, २० मंसिर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध

काठमाडौँ, २० मंसिर । विवादास्पद वित्तीय पृष्ठभूमि बोक्दै आएको एनसेलले यसपालिको खरिद–बिक्रीमा पनि छल गर्न खोजेको खुलासा भएको छ । ६

गलकोट, २० मंसिर  । नेकपा (एमाले)ले थालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मकोे ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ बागलुङमा दुई दिनसम्म सञ्चालन हुने भएको