जोमसोम , ३ मंसिर । नेकपा एमाले सचिव गोकर्ण बिष्टले बिष्टले समृद्धिको खास योजना र देशलाई विकासको बाटोमा तिब्रतर अगाडि बढाउन आफ्नो पार्टी मात्रै सक्षम भएको उल्लेख गर्नु भएको छ ।
सचिव बिष्टले समाजवादकाे आधार निर्माणका लागि उत्पादनमा ध्यान दिनुपर्ने भन्दै स्थानीय उत्पादनलाई बजारिकरण गरेर नै संमृध्दि प्राप्त गर्न सकिने बताउनुभयो । अहिलेको गठबन्धन सरकारले योजनाबिना नै देश चलाउने प्रयत्न गरेका कारण मुलुकमा अराजकता बढेको जिकिर गर्नुभयो । बैठकमा प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले बार्षिक कार्ययाेजना र कार्यतालिका निर्माण गरी कामलाई अघि बढाउन तथा प्रत्येक पालिका कमिटीहरुले आफ्नाे पालिकाका मतदातहरुकाे ६ प्रतिशत जनतालाई पार्टी सदस्यता प्रदान गरि समृद्धिको अभियान अगाडि बढाउने गरी काम गर्न अनुरोध गर्नुभयो ।
एमाले मुस्ताङको अधिबेशन चैत्रको तेश्रो साता हुने भएको छ । सो पार्टिको सनिबार सम्पन्न जिल्ला कमिटी सचिबालयको बैठकले चैत्रको तेस्रो हप्ता गर्ने प्रस्ताव गरेको हो ।बैठकले पार्टी संगठन सुदृढीकरणका लागि विभिन्न योजना निर्माण गरेको छ । जसअन्तर्गत पार्टी सदस्यता बिस्तार र जनप्रतिनिधिहरुकाे प्रशिक्षण कार्यक्रम गर्ने कार्ययाेजना निर्माण गरेकाे छ ।
बैठकमा केन्द्रीय सदस्यहरु चन्द्र माेहन गाैचन, टसी स्याङ्वाे गुरङ, प्रदेश कमिटी सदस्यहरु प्रमेश गुरुङ र समिता शेर्पा, तिलक बिक, एमाले बाग्लुङ जिल्ला कमिटीका अध्यक्ष हिराबहादुर केसी सहितको उपस्थिति रहेको थियो ।