ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई पक्राउ

काठमाडौँ, १ मंसिर । ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट सशस्त्र प्रहरी बलमा कार्यरत असईलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दार्चुला घर भएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) रमेश भण्डारीलाई पक्राउ गरेको हो ।

स्वस्तिक अस्पतालबाट ल्यापटप चोरेको आरोपमा उनलाई पक्राउ गरिएको डिएसपी हो । अस्पतालबाट ल्यापटप चोरेको सिसिटिभी फुटेजमा देखिएको छ । असई भण्डारी पोखराको लामापाटनस्थित तालिम गरिरहेका छन् । उनी बिदा लिएर धनगढी पुगेका हुन् । प्रहरीले उनलाई चोरी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्