भुकम्पपीडितको सारथी बन्दै एमालेः एक हजार स्वयम् सेवक परिचालन सुरु

जाजरकोटा, १ मंसिर । जहाँ समस्या, त्यहाँ समाधान सहित विगत, वर्तमान र भविष्यमा समेत जनताको पक्षमा काम गर्ने आफ्नो नीति नै लिएको एमालेले जाजरकोटमा अस्थायी वसोवास निर्माण तथा भग्नावसेसलाई हटाउने कार्य सुरु गरेको छ ।

केन्द्रीय कमिटीको निर्णय बमोजिम एमालेले एक हजार स्वयम् सेवक परिचालन गर्दैछ । सो कार्यको आजदेखी सुरु गरेको हो । कार्तिक १७ गते गएको ६.४ रेक्टरको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १ सय ५७ जनाको मृत्यु भएको थियो भने सयौं मानिसहरु घाइते भएका थिए । घाइतेहरुको हाल विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । त्यस्तै ठूलो संख्यामा भौतिक संरचनासमेत क्षतिग्रस्त बनाएको थियो ।

सोही दुखद् अवस्थालाई मध्यनजर गर्दै एमालेले पोलिटब्यूरो सदस्य एवं जिफण्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा टोली आजै जाजरकोट सदरमुकाम पुगेको छ । टोलीले भग्नावसेसलाई हटाउने, अस्थायी संरचना निर्माण गर्ने, राहत तथा अन्य समस्याहरुलाई समाधान गर्ने उद्देश्य लिएको एमालेले जनाएको छ । टोलीले आज भेरीनगरपालीको वडा नं ३ को माथिल्लो थाप्लेबाट भग्नावसेष सोह्रेर व्यवस्थापनको काम सुरु गरेको छ ।

एमालेले अन्य समस्याहरुलाई समेत विशेष रुपमा ध्यान दिँदै सवै पार्टी कमिटी, जनवर्गीय संगठनहरुलाई अहोरात्र जनताको पक्षमा खट्न निर्देशन दिएको छ । त्यस्तै जसले जे सक्छ सोही सहयोग र सहकार्यका लागी सबैमा हार्दिक अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० मंसिर । गायिका टेलर स्वीफ्ट संसारकै पाँचौं शक्तिशाली महिला घोषित भएकी छन् । फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको

काठमाडौँ, १९ मंसिर । अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय

काठमाडौँ, १९ मंसिर । रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ प्रदर्शनको सुरुवातको दिन देखिनै राम्रो आम्दानी गर्न सफल देखिन्छ । गत

काठमाडौँ, १९ मंसिर । बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौँको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि