२० जुवाडे पक्राउ

झापा, १ मंसिर । झापा र भोजपुरबाट २० जना जुवाडे पक्राउ परेका छन् ।

शुक्रवार बिहान झापाको गौरादह नगरपालिका–३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले सोही नगरपालिका ४ बस्ने टंक बराल समेत १५ जनालाई पक्राउ गरेको हो । उनीहरूबाट नगद १ लाख ३५ हजार ९ सय २० रुपैयाँ, कौडा १६ थान र ३ बुक तास बरामद भएको छ ।

त्यस्तै बिहीबार राति भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पान्धारे बजारस्थित सम्झना होटेलमा जुवातास खेलिरहेका ५ जना पक्राउ परेका छन् । प्रहरी चौकी पान्धारेबाट खटिएको प्रहरीले होटेल सञ्चालक सोही ठाउँ बस्ने ३६ वर्षीय राजकुमार तामाङसमेत ५ जनालाई पक्राउ गरेको हो । उनीहरूबाट नगद १३ हजार ४० रुपैयाँ र १ बुक तास बरामद भएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्