बिक्री नहुँदा काउली सस्तो

काठमाडौँ, ३० कार्तिक । काठमाडौँमा हरियो तरकारीको भाउ सस्तिएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा सबैजसो हरियो तरकारी सस्तो भएको छ । आज काउली किलोको १० देखि १५ रुपैयाँ थोक मूल्य रहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार आज हाईब्रिड काँक्रो किलोको १० देखि १५, लोकल काँक्रो किलोको २० देखि २५, भन्टा किलोको २० रुपैयाँ, मुला १० देखि १५ रुपैयाँ, गोलभेडा किलोको ४० रुपैयाँ रहेको छ । बजारमा मटरकोसा र सुकेको प्याजको भने भाउ बढिरहेको छ ।

उत्पादन र आयात कम हुँदा यी तरकारीको भाउ बढेको हो । बजारमा आज मटरकोसा किलो २ सय रुपैयाँ र सुकेको प्याज किलोको १ सय १० रुपैयाँ थोक मूल्य रहेको छ । यो थोक मूल्य हो । खुद्रा पसलमा यो भन्दा महँगो पर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्