नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेखिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २५ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतलाई सरकारको दस्ताबेजमा उल्लेख गर्ने घोषणा गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताए । प्रधानमन्त्री प्रचण्डले नेपाल संवत ११४४ आउँदै गरेको उल्लेख गर्दै अब नेपाल संवत राष्ट्रिय संवत भनेर मात्रै नपुग्ने उल्लेख गरे । उनले आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा मान्यता दिएको बताए ।

“पद्यरत्नजीले नै मलाई भन्नुभयो नेपाल संवत नै राष्ट्रिय संवत हो । त्यसपछि मैले पहिलो पटक प्रधानमन्त्री हुँदा क्याबिनेटबाट नै नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा मान्यता दिएँ । त्यो घोषणा पनि पद्यरत्नजीसँगै बसेर गरिएको हो । अब नेपाल संवत ११४४ आउँदै छ,” उनले भने, “मसँग अस्ति केही प्रतिनिधिहरु आउनुभयो र यही नेपाल संवतबारे कुरा गर्दा भनेको छु, अब नेपाल संवत राष्ट्रिय संवत भनेर मात्रै भएन । त्यसलाई व्यवहारमा कार्यान्वयन पनि गर्नुपर्छ । अब त्यो राष्ट्रिय संवत नेपाल सरकारको दस्ताबेजमा लेखिन्छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप

काठमाडौँ, २८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन भएको छ ।  यसअघिको समय परिवर्तन

काठमाडौँ, २८ माघ । नेकपा माओवादी केन्द्रले तीन जना प्रदेशस्तरीय नेतालाई पदमुक्त गरेको छ । गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल