ठमेलमा सिसि क्यामरा जडान सुरू

काठमाडौँ, २५ कार्तिक । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सिसि क्यामरा जडान सुरू गरिएको छ।

ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा सिसी क्यामरा जडान सुरु गरिएको हो।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसि क्यामरा जडान सुरु गरिएको बताए।

उनका अनुसार ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवतीबहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ११२ वटा सिसी क्यामरा जडान हुनेछन्। यसअघि काठमाडौँ महानगर प्रहरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधिले ठमेल क्षेत्रभित्र आवश्यक पर्ने सिसी क्यामराको अध्ययन गरेको थियो ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (विमल) धमलाले ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि परिषद्को अगुवाइमा सिसी क्यामरा जडानलाई अगाडि बढाइएको बताए । विसं २०४७ मा ठमेल क्षेत्रको विकासका लागि स्थापना भएको परिषद्मा ठमेलभित्रका दुई हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन् । उक्त परिषद्ले ठमेल क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालको दुईवटा स्वायत्त क्षेत्र समिति पुनर्गठन भएका छन् । यसरी पुनर्गठन गरिएका

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

भक्तपुर, १२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताएका छन् ।  शनिबार

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३