सामाजिक सञ्जाल दुरुपयोग बढेको छ : मन्त्री शर्मा

काठमाडौँ, २५ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल दुरुपयोग हुँदा कुलत बढेको बताएकी छन् ।

ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित फूलचोकी माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष दिलबहादुर श्रेष्ठ, सदस्यहरु वुद्धिबहादुर श्रेष्ठ, हरिबहादुर मुल्मी, न्हुच्छेदास नापित र कृष्णबहादुर श्रेष्ठको सालिक अनावरण तथा विद्यालय स्मारिका लोकार्पण कार्यक्रममा मन्त्री शर्माले सूचना र प्रविधिको ठीक तरिकाले प्रयोग गर्न सकेनौँ भने गुणात्मक विकास गर्न नसक्ने बताईन् ।

उनले भनिन्, “वर्तमान युग सूचना प्रविधिको हो । सामाजिक सञ्जालको ठीक प्रयोग गर्न सक्दा आयआर्जन गर्न सकिन्छ। सूचना र प्रविधिको ठीक तरिकाले प्रयोग गर्न सकेनौँ भने गुणात्मक विकास गर्न सक्दैनौँ । सामाजिक सञ्जालको दुरुपयोग बढेको छ । बालबालिका त्यसको सिकार भएका छन्, यही कुरालाई ध्यान दिएर सामाजिक सद्भाव कायम राख्नका लागि सामाजिक सञ्जाललाई व्यवस्थित गर्न मन्त्रिपरिषद्ले निर्देशिका पारित गरिसकेको छ”, ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

काठमाडौँ, १२ फागुन । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३

काठमडौँ, १२ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान ले लैनचौरस्थित