अख्तियारका पदाधिकारीको ७ दिनको तलब भूकम्प पीडितलाई

काठमाडौँ, २४ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुले भूकम्प पीडितलाई सहयोग गर्ने भएका छन् ।

आयोगका पदाधिकारीहरूको सात दिन बराबरको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको हो । आयोगले गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट मृत्यूवरण गर्ने नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

यस्तै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग गर्ने निर्णय भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।