पटाका पड्काए कारबाही : नेपाल प्रहरी

काठमाडौँ, २४ कार्तिक । नेपाल प्रहरीले पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ ।

यस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागीलगायत दुर्घटनाको जोखिम हुन सक्ने, चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै प्रहरीले सचेत गराएको छ ।

एक सूचना जारी गर्दै प्रहरीले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री–वितरण र ओसारपसार नगर्न आग्रह गरेको छ । त्यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ

पर्सा, १० फागुन । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि दुई चरणमा दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार

काठमाडौँ, १० फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।