७ जना जुवाडे पक्राउ

काठमाडौँ, २४ कार्तिक । काठमाडौँबाट होटल सञ्चालकसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।

प्रहरी प्रभाग गोंगबुका अनुसार बिहीबार राति काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित होटल सुर्खेत भ्याली भ्यू एण्ड रेष्टुरेण्टका सञ्चालकसहित ७ जना जुवा खेल्दा खेल्दै पक्राउ परेका हुन् ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भएका ५१ वर्षीय मुकुन्द गुरुङले सञ्चालन गरेको उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जुवाखालबाट नगद १ लाख ५३ हजार रूपैयाँ र १० प्याकेट तास समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ

पर्सा, १० फागुन । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि दुई चरणमा दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार

काठमाडौँ, १० फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।