भक्तपुरको कौशलटारमा फेला पर्‍यो चितुवा

काठमाडौँ, २४ कार्तिक । भक्तपुरको मध्यपुरठिमी– ३ कौशलटारमा फेला परेको चितुवा डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको छ ।

चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयका काठमाडौँका वन अधिकृत अशोक पराजुलीको नेतृत्वमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष भट्टसहितको टोली खटिएको थियो ।

एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको चितुवालाई डार्ट प्रयोग गरेर नियन्त्रणमा लिइएको र ललितपुरको जावलाखेलस्थित चिडियाखानामा पठाइने पराजुलीले जानकारी दिए । वन अधिकृत पराजुलीका अनुसार चितुवा वयस्क छ । ‘चितुवा करिब ७–८ वर्षको होला, वजन पनि झण्डै एक सय किलो होला,’ पराजुलीले भने, ‘कठिन संघर्ष गरेर नियन्त्रणमा लिन सफल भएका छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्वत, १६ फागुन । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि

काठमाडौँ, १६ फागुन । काठमाडौँ महानगरपालिकाको निःशुल्क उपचार सहजीकरण सेवा कार्यक्रमअन्तर्गत लक्षित वर्गका लागि ५२ वटा अस्पताल सूचीकृत भएका छन्

काठमाडौँ, १६ फागुन । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि फागुन २२ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ

काठमाडौँ, १६ फागुन । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डको रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति