ग्लोबल आईएमई बैंकका ग्राहकले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने

काठमाडौँ, २४ कार्तिक । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने भएका छन् ।

बैंकका डेबिट वा क्रेडिट कार्डवाहक ग्राहकहरुले नेपालभरका पस (पी‌ओएस) मेसिनमा एक हजार रुपैयाँ वा त्यसभन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा तीन सय रुपैयाँ अथवा  ५ वटा कारोबारमा पाँच सय रुपैयाँ क्यासब्याक पाउनेछन् । पीओएस मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि भाेलि कागतिहारदेखि कार्तिक २९ भाइटीकासम्म रहेको छ ।

बैंकको मोबाइल बैंकिङ्ग एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरुले कागतिहारदेखि भाइटीकासम्म बेलुका ५ बजेदेखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड “TIHAR” लेखेर भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा ३ रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक क्यासब्याक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्वित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तुलसीपुर, १८ कार्तिक । दाङमा जुवा खालबाट एक लाख ३३ हजार रुपैयाँ नगदसहित १० जना पक्राउ परेका छन् । तुलसीपुर

बझाङ, १८ कार्तिक । अरिंगालको टोकाइबाट  बझाङका दुई जना बालकको ज्यान गएको छ । थलारा गाउँपालिका वडा नम्बर २ डोरगाउँका ३

हुम्ला, १८ कार्तिक । हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन् । खार्पुनाथ गाउँपालिका–३ राया गाउँका दुई वर्षीय सरत रोकाया यही

काठमाडौँ, १८ कार्तिक । आज देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यून चापीय प्रणालीको समेत