राष्ट्रपति पौडेल र सीपीसी तिब्बतका सचिव वाङबीच भेटवार्ता

काठमाडौँ, २३ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ छुङछेङले भेटवार्ता गरेका छन् ।

वाङले बिहीबार राष्ट्रपति कार्यालय शितलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । राष्ट्रपतिसँगको भेटवार्तामा नेपाल चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यसक्रममा राष्ट्रपति पौडेलले गत साता जाजरकोट केन्द्रबिन्दु भएको गएको भूकम्पमा जनधनको क्षति हुँदा चीन सरकार र त्यहाँका जनताले गरेको सहयोगका लागि आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ

पर्सा, १० फागुन । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि दुई चरणमा दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार

काठमाडौँ, १० फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।