दीपावली महोत्सव हुने

बुटवल, २३ कार्तिक । बुटवलमा दीपावली महोत्सव हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा मुख्य बजार अमरपथ क्षेत्रमा यही कात्तिक २५, २६ र २७ गते ‘दीपावली महोत्सव–२०८०, बुटवल’ आयोजना गर्न लागिएको हो । उक्त सङ्घको शुक्रबार सङ्घ सचिवालयमा बसेको कार्यसमिति बैठकले दीपावली महोत्सव गर्ने निर्णयसहित तयारी समिति र मातहतका उपसमितिसमेत गठन गरेकोे सङ्घका महासचिव मुक्ति अधिकारीले जानकारी गराए ।

महोत्सवका लागि बुटवल उपमहानगरपालिका संरक्षक तथा उपमहानगरपालिकाको वडानं ४, ५ र ६ प्रवद्र्धकको रुपमा रहने छन् । सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सङ्घका वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद गैरेलाई दीपावली महोत्सव व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी प्रदान गरेकोे छ ।
यसैगरी गठन गरिएको विभिन्न ६ उपसमितिमा सङ्घका पदाधिकारी, कार्यसमितिका सदस्य, तीन वटै वडाका एक एकजना वडा सदस्य र कार्यक्रम सञ्चालन हुने सम्बन्धित क्षेत्रको टोल विकास संस्थाका पदाधिकारीलाई सदस्यमा रखिएको छ ।

उक्त सङ्घले पहिलोपटक आयोजना गर्न लागेको सो महोत्सव महेन्द्रपार्कदेखि काठेपुलसम्म (अमरपथ लाईन) र नेपालगञ्ज रोडको कार्की मिनीमार्केटदेखि ट्राफिकचोकसम्म सञ्चालन हुने जनाइएको छ ।

बुटवलको खस्किँदो व्यापार प्रवद्र्धन गर्न र आर्थिक गतिविधिलाई थप चलायमान गराउन महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष अर्यालले बताए । उनले यस क्षेत्रका व्यावसायिक तथा सामाथिक सङ्घसंस्था तथा आम समुदायलाई दीपावली महोत्सवमा सहयोग गर्न र सहभागिताका लागि अनुरोध पनि गरे  । दीपावली महोत्सवले यस क्षेत्रको व्यापार र व्यवसायलाई चलायमान तथा प्रवद्र्धन गराउनाका साथै आर्थिक गतिविधिलाईसमेत चलायमान बनाउन मद्दत गर्ने सङ्घका पूर्वअध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

काठमाडौँ, १२ फागुन । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३

काठमडौँ, १२ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान ले लैनचौरस्थित