स्रोत नखुलेको भारुसहित एकजना पक्राउ

काठमाडौँ, २३ कार्तिक । स्रोत नखुलेको भारतीय रुपैयाँसहित झापामा एकजना पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका–६, भन्सार गेटबाट भारतको ठानाचोक, केबुलटोलका ६२ वर्षीय जैनुल हकलाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । स्रोत नखुलेको तीन लाख २० हजार भारुसहित उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको भारतीय ५०० दरका ५००, २०० का २०० र १०० का नोट ३०० थानसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त भारतीय रुपैयाँसहित आवश्यक कारबाहीका निम्ति उनलाई इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ

पर्सा, १० फागुन । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि दुई चरणमा दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार

काठमाडौँ, १० फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।