नेप्से परिसूचक ११.८५ अंकले घट्यो

काठमाडौँ, २३ कार्तिक । आज नेप्से परिसूचक ११.८५ अंकले घटेर बन्द भएको छ । सेयर बजार पछिल्ला तीन दिन लगातार बढेको थियो । बिहीबार नेप्से परिसूचक ०.६३ प्रतिशतले घटेर १८५२.०८ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से ५.१७ अंकले बढेर बन्द भएको थियो ।

आज ८३ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ७८ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । सर्वाधिक सेयर मूल्यवृद्धि सयपत्री हाइड्रोपावरको भएको छ । यो कम्पनीको सेयर मूल्य ६.९६ प्रतिशतले बढेर प्रतिकित्ता ५०७ रुपैयाँ कायम भएको छ । सर्वाधिक सेयर मूल्य घट्नेमा माउन्टेन इनर्जी नेपाल लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य ६.४३ प्रतिशतले घटेर प्रतिकित्ता ७३८ रुपैयाँ कायम भएको छ ।

सोनापुर मिनेरल्स एन्ड आयल लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको सात करोड आठ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । अन्य समूहको परिसूचक सबैभन्दा बढी घटेको छ । यो समूहको परिसूचक १.५५ प्रतिशतले घटेको छ । यस दिन २८२ धितोपत्रका २८ लाख ३३ हजार ७३१ कित्ता खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्वत, १६ फागुन । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि

काठमाडौँ, १६ फागुन । काठमाडौँ महानगरपालिकाको निःशुल्क उपचार सहजीकरण सेवा कार्यक्रमअन्तर्गत लक्षित वर्गका लागि ५२ वटा अस्पताल सूचीकृत भएका छन्

काठमाडौँ, १६ फागुन । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि फागुन २२ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ

काठमाडौँ, १६ फागुन । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डको रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति