अर्थमन्त्री महतद्वारा जलविद्युत्मा लगानी गर्न आग्रह

काठमाडौँ, २३ कार्तिक । अर्थमन्त्री डा. प्रकाशशरण महतले एसियाली देशका बैंकका सीईओहरूलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

आज काठमाडौँमा आयोजित ३९औँ एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एन्ड कन्फरेन्समा बोल्दै उनले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको उनले सुनाए । उनले सरकारले नीतिगत रूपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने बताए । भारतले यसअघि नेपालबाट १० वर्षमा १० हजार मेगावाट जलविद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने