कञ्चनपुर, २२ कार्तिक । कञ्चनपुरमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिका–७ बस्ने केशव बोहराको छोरा सात वर्षीय एलेक्सको मृत्यु भएको हो ।
बेलौरी नगरपालिका–९, डाँडाकुन्डास्थित मामाको घर नजिकै रहेको नहरमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।