७ जना जुवाडे पक्राउ

काठमाडौँ, २२ कार्तिक । धुम्बाराहीमा सञ्चालित जुवा अड्डामा प्रहरीले गएराति छापा मारेर ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएराति साढे २ बजे छापा मारेर धुम्बाराही पिपलबोटस्थित सुन्दर कार्कीले बनाएको दुईतले जस्ताको टहराको भुँइ तलामा जुवा खेलेको अवस्थामा ७ जना जुवाडेहरुलाई पक्राउ गरेको हो ।

जुवाखालबाट पक्राउ पर्नेमा दोलखा घर भएका ४० वर्षीय किरन थापा, भक्तपुरको सूर्यविनायक घर भएका सुशील लामा, दोलखाका सुन्दर कार्की, रामेछापका सुमन श्रेष्ठ, धादिङका कुमार रोका, हेटौंडा घर भएका कृष्णबहादुर मोक्तान र खोटाङ घर भएकी २९ वर्षीया निशाना राई छन् ।

घटनास्थलबाट प्रहरीले २ लाख ९२ हजार नगद र २० हजारको १ थान चेक बरामद गरेको छ । खालमा ११ बुक तास पनि भेटिएको  र थप अनुसन्धानका लागी आरोपितहरुलाई प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, २० मंसिर । कञ्चनपुरको नौवटै स्थानीय तहमा आगामी पुस मसान्तभित्र १४ औंँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने

कास्की, १९ मंसिर । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरुष भलिबल

काठमाडौँ, ८ मंसिर । लगातार दुई जितसँगै बागमती प्रदेशको टोली पोखरामा जारी केपी ओली कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ

पोखरा, ७ मंसिर । पोखरामा केपी ओली कप टी-२० क्रिकेट सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु भएको