ग्लोबल आइएमई बैंकका ग्राहकलाई ‘दराज ११:११’ मा २० प्रतिशत छुट

काठमाडौँ, २१ कार्तिक । ग्लोबल आइएमई बैंकका ग्राहकले दराजको ११:११ अफरमा अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।

नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाइने बैंकले बताएको छ ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा दुई हजार ५०० रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ ।

बैंकका कार्ड भएका ग्राहकले छुट पाउनका लागि दराज एपबाट ग्लोबल आइएमई बैंकको कार्डको छुट भौचर संकलन गर्नुपर्नेछ । उक्त भौचर चेकआउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागु हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

न्युयोर्क, २० मंसिर । अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेस्सी प्रतिष्ठित टाइम म्यागजिनको वर्ष खेलाडी घोषित भएका छन् ।

कास्की, १९ मंसिर । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरुष भलिबल

काठमाडौँ, ८ मंसिर । लगातार दुई जितसँगै बागमती प्रदेशको टोली पोखरामा जारी केपी ओली कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ

पोखरा, ७ मंसिर । पोखरामा केपी ओली कप टी-२० क्रिकेट सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु भएको