प्रधानमन्त्री प्रचण्डद्वारा नेपालमा लगानी गर्न आह्वान

काठमाडौँ, २१ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरहरुलाई आह्वान गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन् ।

भेटमा नेपालको आर्थिक विकासमा एसिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि एवम् विकास मोडल आकर्षण गर्न क्यासीबाट हुन सक्ने सहयोगका विषयमा छलफल भएको महासंघले जनाएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालले राजनीतिक उपलब्धि हासिल गरिसकेको र अबको यात्रा समृद्धि भएकाले यसमा सहयोग गर्न क्यासी पदाधिकारीसमक्ष आग्रह गरे ।

नेपालले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लगानी आह्वान गरिरहेको र नेपालमा लगानीका लागि अति नै उपयुक्त समय पनि भएको र सरकार पनि सबै प्रकारको सहयोग गर्न तयार रहेको उनको भनाइ छ । महासंघका अध्यक्ष ढकालले ३७ औं क्यासी सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रित भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, २० मंसिर । कञ्चनपुरको नौवटै स्थानीय तहमा आगामी पुस मसान्तभित्र १४ औंँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने

कास्की, १९ मंसिर । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरुष भलिबल

काठमाडौँ, ८ मंसिर । लगातार दुई जितसँगै बागमती प्रदेशको टोली पोखरामा जारी केपी ओली कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ

पोखरा, ७ मंसिर । पोखरामा केपी ओली कप टी-२० क्रिकेट सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु भएको