नेप्सेमा आज २१ अंकको वृद्धि

काठमाडौँ, २० कार्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार २१ अंकको वृद्धि भएको छ ।

कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.१६ प्रतिशतले बढेर बन्द भएको हो । यससँगै, परिसूचक १८४७ अंकमा पुगेर रोकिएको छ ।

यसक्रममा १९९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । यता ६ कम्पनीको सेयर मूल्यमा भने कुनैपनि परिवर्तन भएको छैन । परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ । ९३ करोड ८९ लाख रुपैयाँको कारोबार हुँदा ३५ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ ।

हाथवे इन्भेष्टमेन्ट लिमिटेड र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने ४.२८ प्रतिशतको गिरावट आएको छ । परिसूचक बढेको दिन सबै १३ वटै समूहको सूचकमा उत्साहजनक वृद्धि देखिएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक २२१ अंकले र टुरिजम समूहको सूचक १८१ अंकले बढ्दा जीवन बीमा समूहको सूचकमा ११३ अंकको वृद्धि देखिएको छ । यस्तै, व्यापार समूहमा समेत ६९ अंकको वृद्धि आएको छ । आज सोल्टी होटल लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको ६ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार हुँदा सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको ५ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । धार्मिक एवं परम्परागत पूजा एवं अनुष्ठान विधिलाई कायम राखेर आगामी असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका

काठमाडौँ, १७ जेठ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका–४ सोलडाडा बुकेनी बस्ने ५८ वर्षीय डिल प्रसाद

काठमाडौँ, १७ जेठ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार

काठमाडौँ, १७ जेठ । तराई मधेशका जिल्लामा गर्मी बढेको छ । पश्चिम तराईका कतिपय ठाउँमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि