साल्ट ट्रेडिङबाट खुद्रा व्यापारीले १० बोरासम्म चिनी पाउने

काठमाडौँ, २० कार्तिक । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले यस्तो प्रबन्ध गरेको हो । बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगहरुसँग समन्वय गर्दै तीन हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङ मार्फत किन्ने प्रबन्ध गरेको थियो ।

यसका साथै अवैधरुपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालन गरिएका थिए ।

उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङले आफ्ना आउटलेट, खुद्रा बिक्रेता संघ अन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरेपनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएपछि खुद्रा व्यापारीले समेत १० बोरा चिनी बिक्री वितरणका लागि किन्न पाउने भएका छन् ।

यो चिनी प्रतिकिलो ११५ रुपैयाँमा उपभोक्ताले किन्न पाउनेछन् । व्यापारीले तोकिएका निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारवाही हुने छ । खुद्रा व्यापारी तथा व्यवसायीहरुले सोमबारदेखि साल्ट ट्रेडिङको कालिमाटी शाखा र मंगलबारदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । मकवानपुरको बकैया गाउँपालिका–५ झाँक्रीडाँडास्थित निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ

बागलुङ, २१ मंसिर । काठेखोला गाउँपालिका–५ माथिल्लो बिहुँमा खानेपानी समस्या बढ्दै गएको छ । पानीको मुहान सुक्दै गएपछि घोडाबाँधे, रिजालचोक,

काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीमा १ हजार २ सयभन्दा बढी संख्यामा नयाँ भर्ना खुलेको छ । जनपद प्रहरी समूहतर्फ

रौतहट, २१ मंसिर । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण भएको छ । मधेश प्रदेश सरकार