लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ, २० कार्तिक । प्रहरीले हेटौँडा र पोखराबाट अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईबाट अवैध लागूऔषध गाँजा १० केजीसहित २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य घर भएका २२ वर्षीय सदुला अन्सारी र भारत बिहार राज्य उत्तर प्रदेश घर भएका २४ वर्षीय रजनिस सिङ रहेका छन् । प्रहरी चौकी रातोमाटे समेतबाट खटिएको प्रहरीले वीरगंजतर्फ जाँदै गरेको ना.६ ख ६७५४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै कास्कीको पोखरा महानगरपालिका-२१ कश्यारघाटबाट अवैध लागूऔषध ब्राउनसुगर १२ ग्राम ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय आशिष सुनार समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले सुनारको कोठाबाट उक्त परिमाणको लागूऔषध फेला परी तीनै जनालाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले शुक्रवार शीतल निवासमा आयोजित एक समारोहका बिच आर्थिक वर्ष २०८०–०८१

काठमाडौँ, ४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका

काठमाडौँ, ४ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको

काठमाडौँ, ४ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले