ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

पोखरा, २० कार्तिक । तनहुँमा ट्याक्टरबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।

प्रहरीका अनुसार भीमाद नगरपालिका ६ जलौंदीका ३३ वर्षीय मीनबहादुर सार्कीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।
जनज्योति माविबाट बसपार्क जाँदै गरेको ग १ त ४४४६ नम्बरको ट्याक्टरमा यात्रा गरिरहेका सार्की गुडिरहेको ट्याक्टरबाट खसेका थिए ।

गम्भीर घाइते उनलाई जीपी कोइराला श्वास प्रश्वास केन्द्रमा उपचारका लागि पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या

काठमाडौँ, १७ जेठ । धार्मिक एवं परम्परागत पूजा एवं अनुष्ठान विधिलाई कायम राखेर आगामी असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका

काठमाडौँ, १७ जेठ । बैंकिङ कसुर मुद्दाका फरार एक जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।  उपत्यका अपराध अनुसन्धान कार्यालयका

काठमाडौँ, १७ जेठ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार