२१ जना जुवाडे पक्राउ

काठमाडौँ, २० कार्तिक । विभिन्न स्थानबाट जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार गोकर्णेश्वतर नगरपालिका ६ नयाँबस्ती डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका ३ की डोमा शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पालगायत पाँचजनालाई पक्राउ गरेको हो ।

नगद ५४ हजार ७५० रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् । त्यस्तै भक्तपुर नगरपालिका ३ वंशगोपालस्थित काभ्रे तिमाल गाउँपालिका ९ का २४ वर्षीय बुद्ध लामाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नगद २५ हजार ६५५ रुपैयाँसहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका ४ मानवअधिकार चोकबाट स्याङ्जा वालिङ ३ का ३२ वर्षीय यमबहादुर गुरुङले सञ्चालन गरेको प्रिन्सीका किराना पसलमा जुवातास खेलिरहेको अवस्थमा यम बहादुरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । नगद ४६ हजार ९७५ रुपैयाँसहति पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । गृह मन्त्रालयले नेपाल प्रहरीको उमेर हद अध्ययनको लागि एक कार्यदल गठन गरेको छ ।  उपप्रधान एवं

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले विदेशमा बस्ने नेपाली र नेपालबिचको सम्बन्ध अझ बढी निकट र थप

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक

काठमाडौँ, २७ जेठ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने बित्तिकै आएका प्रतिक्रियाहरूबाट आफू सर्प्राइज भएको बताएका छन् । आज