आजको मौसम

काठमाडौँ, २० कार्तिक । पश्चिमी वायूको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका केही भू–भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायूको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्ने क्रेमलिनले

मस्को, १९ मंसिर । रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको जनाएको छ । 

लन्डन, १९ मंसिर । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन् । प्रधानमन्त्री

एजेन्सी, १९ मंसिर । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु भएको छ । गाजापट्टीमा हमाससँगको युद्धका बावजुद