नेप्से परिसूचक २१ अंकले घट्यो

काठमाडौँ, १९ कार्तिक । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.४६ अंकले घटेको छ ।

कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १.१६ प्रतिशतले घटेर १८२६ अंकमा आइपुगेको हो । परिसूचक २१ अंकले घट्दा आज ९७ करोड २३ लाख रुपैयाँ बराबरको ३५ लाख ५८ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक घटेपनि ३५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक, ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज एनआईसी एसिया लघुवित्त संस्था लिमिटेडको सेयर मूल्य ६.९७ प्रतिशतले बढेको छ भने हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । परिसूचक २१ अंकले घट्दा होटेल र टुरिजम समूहको सूचक १८ अंकले बढ्नुबाहेक सबै समूहको सूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

न्युयोर्क, २० मंसिर । अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेस्सी प्रतिष्ठित टाइम म्यागजिनको वर्ष खेलाडी घोषित भएका छन् ।

कास्की, १९ मंसिर । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरुष भलिबल

काठमाडौँ, ८ मंसिर । लगातार दुई जितसँगै बागमती प्रदेशको टोली पोखरामा जारी केपी ओली कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ

पोखरा, ७ मंसिर । पोखरामा केपी ओली कप टी-२० क्रिकेट सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु भएको