भक्तपुर, १९ कार्तिक । भक्तपुरको भक्तपुर नगरपालिकाबाट प्रहरीले १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नगरपालिका–३ बंशगोपाल स्थित नारायण श्रेष्ठको घरमा संचालित जुवा खालबाट जुवाडेहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्र्रे घर भएका बुद्ध लामा, सागर लामा, कुमार तामाङ, चित्र बहादुर तामाङ, भिम बहादुर लामा, जिबन लामा, बुद्धमान तामाङ, सबिन तामाङ, सिन्धुपाल्चोक घर भएका बिर बहादुर तामाङ र ललितपुरका मदन लामा छन् । जुवा खालबाट २५ हजार ६५५ रुपैयाँ नगद र २ बुक तास बरामद गरेको छ ।