राप्रपाले भूकम्प प्रभावितलाई २५ लाखसहित सांसदहरूको एक महिनाको तलब दिने

काठमाडौँ, १९ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले जाजरकोट भूकम्प प्रभावितहरूलाई सहयोग गर्न २५ लाख रकम सरकारलाई दिने भएको छ ।

आज बसेको सो पार्टीको केन्द्रीय पदाधिकारी बैठकले पार्टीका तर्फबाट २५ लाख र प्रदेश तथा सङ्घीय सांसदको एक महिनाको तलब सरकारको दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

साथै सो पार्टीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार गर्न पार्टीका तर्फबाट सहयोग गर्न जाजरकोटका लागि सांसद ज्ञानबहादुर शाही र रुकुम पश्चिमका लागि सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ जेठ । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, ८ जेठ । हाल नेपालमा स्थानीय, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान

काठमाडौँ, ७ जेठ । हुम्लाको जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचारमा आउने बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको सङ्ख्या

काठमाडौँ, ७ जेठ । सुर्खेतको वीरेन्द्रनगरस्थित उत्तरी क्षेत्रमा पर्ने कटकुवा क्षेत्रमा बस दुर्घटनामा परेको छ । केहीबेर अघि कर्णाली प्रदेश