आजदेखि सुनचाँदीको असर्फी बिक्री खुला

काठमाडौँ, १९ कार्तिक । सर्वसाधारण उपभोक्ताका लागि आइतबारदेखि सुनचाँदीका असर्फी बिक्री खुला भएको छ ।

तिहारको अवसरमा नेपाल राष्ट्र बैंकले सुनचाँदीको असर्फी, मेडालियन, सिक्का बिक्री शुरु गरेको हो । केन्द्रीय बैंकले सुनका १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सिक्का बिक्रीमा राखेको छ भने चाँदीका २५ ग्राम, १०/१० ग्रामका गाई, लक्ष्मी र गणेश अंकित सिक्का बिक्रीमा ल्याएको छ । केन्द्रीय बैंकका अनुसार १० ग्राम सुनको सिक्काको बजार मूल्य १ लाख २ हजार ३६५ रुपैयाँ तोकिएको छ भने ५ ग्राम र २.५ ग्राम सुनको सिक्काको क्रमशः ५१ हजार ३८३ रुपैयाँ र २५ हजार ५९२ रुपैयाँ तोकिएको छ ।

यस्तै यता चाँदीको सिक्काको २५ ग्रामको ४ हजार रुपैयाँ र १० ग्रामको एक हजार ६ सय रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम मन्त्रालय युवालाई विदेश पठाउने मन्त्रालय नभएको र त्यस्तो

काठमाडौँ, १७ जेठ । गृह मन्त्रालयले नेपाल प्रहरीको उमेर हद अध्ययनको लागि एक कार्यदल गठन गरेको छ ।  उपप्रधान एवं

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक

काठमाडौँ, २७ जेठ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने बित्तिकै आएका प्रतिक्रियाहरूबाट आफू सर्प्राइज भएको बताएका छन् । आज