प्रधानमन्त्री कार्यालयद्वारा भूकम्प पीडितको राहतका लागि सहयोग गर्न आग्रह

काठमाडौँ, १९ कार्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले जाजरकोट केन्द्र भई गएको भूकम्पका पीडितलाई राहतको लागि सक्दो सहयोग गर्न सार्वजनिक आव्हान गरेको छ ।

कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टले एक विज्ञप्ति जारी गर्दै सहयोग गर्न इच्छुक सम्पूर्ण महानुभावहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको चल्ती खाता नं ११३०१००००३७६२००१ मा जम्मा गर्न आग्रह गरेका छन् ।

विपद्को घडीमा खोज, उद्धार र राहतका लागि क्रियाशील रहेका सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यालयले यस किसिमको सहयोगलाई निरन्तरता दिन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ जेठ । कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रमा

काठमाडौँ, ६ जेठ । अभिनेत्री गौरी मल्लले अमेजन प्राइमको भारतीय वेब-सिरिज ‘बिग गर्ल्स डन्ट क्राइ’मा अभिनय गरेकी छन् । सामाजिक सञ्जालमा

काठमाडौँ, ६ जेठ । बलिउड अभिनेता ज्याकी श्राफको मुद्दामा दिल्ली उच्च अदालतले फैसला सुनाएको छ । अदालतले कुनै पनि व्यक्ति,

काठमाडौँ, ६ जेठ । ‘मिस नेपाल पिस–२०२४’को शीर्ष उपाधि काभ्रेपलान्चोककी नर्स विधि लम्सालले जितेकी छन् ।  एनक्लेक्स नेपाल प्रायोजन र