गण्डकी सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि एक करोड दिने

पोखरा, १९ कार्तिक । गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

आज बिहान बसेको प्रदेश सरकारको बैठकले भूकम्पपीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने, “भूकम्पले कर्णाली प्रदेशमा ठूलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड दिने निर्णय गरेका हौँ,”  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तुलसीपुर, १८ कार्तिक । दाङमा जुवा खालबाट एक लाख ३३ हजार रुपैयाँ नगदसहित १० जना पक्राउ परेका छन् । तुलसीपुर

बझाङ, १८ कार्तिक । अरिंगालको टोकाइबाट  बझाङका दुई जना बालकको ज्यान गएको छ । थलारा गाउँपालिका वडा नम्बर २ डोरगाउँका ३

हुम्ला, १८ कार्तिक । हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन् । खार्पुनाथ गाउँपालिका–३ राया गाउँका दुई वर्षीय सरत रोकाया यही

काठमाडौँ, १८ कार्तिक । आज देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यून चापीय प्रणालीको समेत