विद्युत् शुल्क नतिरेपछि पोखरामा काटियो मन्त्रालयसहित १२ सरकारी कार्यालयको लाइन

पोखरा, १९ कार्तिक । समयमा महसुल नबुझाएपछि विद्युत् प्राधिकरणले गण्डकी प्रदेशका मन्त्रालय सहित १२ सरकारी कार्यालयको लाइन काटिदिएको छ ।

लामो समयसम्म विद्युत् महसुल नबुझाएको भन्दै प्राधिकरणको पोखरा वितरण केन्द्रले लाइन काटिदिएको हो । ६० दिनभन्दा बढी बक्यौता भएका ग्राहकको लाइन काट्ने अभियान चलाइएको केन्द्रले जनाएको छ । भौतिक पूर्वाधार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १ लाख ५३ हजार रुपैयाँ बक्यौता नबुझाएपछि लाइन काटियो ।

प्रादेशिक कृषि निर्देशनालय, भूमि व्यवस्थापन एटिएम, प्रादेशिक पशु रोग निदान विभाग, फेवाताल जलाधार आयोजना, विजयपुर बेगनास ताल सिँचाइ कार्यालय र प्रादेशिक शिक्षा निर्देशनालयको लाइन पनि काटिएको थियो । उनीहरुले करिब ३ लाख बक्यौता बुझाउन बाँकी छ ।

 आन्तरिक राजश्व कार्यालय र जलाधार कार्यालयको पनि लाइन काटिएको थियो । पोखरा स्थित कारागार कार्यालयले १९ लाख बक्यौता तिर्न बाँकी छ । यसअघि नै लाइन काट्ने तयारी गरिएकोमा समय मागेपछि १ हप्ता रोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

न्युयोर्क, २० मंसिर । अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेस्सी प्रतिष्ठित टाइम म्यागजिनको वर्ष खेलाडी घोषित भएका छन् ।

कास्की, १९ मंसिर । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरुष भलिबल

काठमाडौँ, ८ मंसिर । लगातार दुई जितसँगै बागमती प्रदेशको टोली पोखरामा जारी केपी ओली कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ

पोखरा, ७ मंसिर । पोखरामा केपी ओली कप टी-२० क्रिकेट सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु भएको