स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक सङ्घको केन्द्रीय समिति गठन

काठमाडौँ, १९ कार्तिक । जनता समाजवादी पार्टी (जसपा)सम्बद्ध स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक सङ्घको केन्द्रीय समिति गठन भएको छ ।

शनिबार बालकुमारीमा आयोजित भेलाले प्रेमबहादुर तामाङको अध्यक्षतामा केन्द्रीय समिति गठन गरेको हो । भेलाले समितिको उपाध्यक्षमा सागर केसी, महासचिवमा कृष्ण नेपाली, सचिव देवबहादुर तामाङ र कोषाध्यक्षमा बद्रीबहादुर दुलाल चयन गरेको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रणध्वज कन्दङ्वा प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथिहरूमा राजनीतिक समिति सदस्य प्रेम थापा, राजनीतिक समिति सदस्य एवम् प्रचार विभाग प्रमुख पूर्ण बस्नेत, समाजवादी ट्रेड युनियन महासङ्घका संरक्षक प्रचण्ड पौडेललगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

न्युयोर्क, २० मंसिर । अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेस्सी प्रतिष्ठित टाइम म्यागजिनको वर्ष खेलाडी घोषित भएका छन् ।

कास्की, १९ मंसिर । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरुष भलिबल

काठमाडौँ, ८ मंसिर । लगातार दुई जितसँगै बागमती प्रदेशको टोली पोखरामा जारी केपी ओली कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ

पोखरा, ७ मंसिर । पोखरामा केपी ओली कप टी-२० क्रिकेट सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु भएको