कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

बैठक आइतबार विहान १० बजे बस्ने सभापति देउवाको निवास धुम्बाराहीमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयहरुमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएका हुन् ।

बैठकमा कार्यसम्पादन समितिका सदस्यहरुलाई बोलाइएको छ । कांग्रेसले जाजरकोट भूकम्पबाट पीडितहरुलाई तत्काल ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ । बैठकमा पार्टीको आगामी महासमिति बैठकको तयारीका विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् । कांग्रेसको महासमिति बैठक आगामी मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्