सभामुख र उपसभामुख चढेको सवारी दुर्घटना

काठमाडौँ, १८ कार्तिक । कर्णाली प्रदेशका सभामुख र उपसभामुख चढेको सवारी बागलुङमा दुर्घटना भएको छ ।

प्रहरीका अनुसार कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङ र उपसभामुख यसोधा न्यौपाने चढेको गाडी बागलुङमा दुर्घटना परेको हो ।

दुर्घटनामा परेर बागलुङमा मोटरसाइकल चालक घाइते भएका छन् । घाइते चालकको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सभामुख र उपसभामुख सवार स्कर्पियो मध्यपहाडी लोकमार्ग हुँदै कर्णाली प्रदेशतर्फ गइरहेको थियो । सोही क्रममा ढोरपाटन नगरपालिकामा विपरीत दिशाबाट आइरहेको मोटरसाइकल आपसमा ठोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या

काठमाडौँ, १७ जेठ । धार्मिक एवं परम्परागत पूजा एवं अनुष्ठान विधिलाई कायम राखेर आगामी असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका

काठमाडौँ, १७ जेठ । बैंकिङ कसुर मुद्दाका फरार एक जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।  उपत्यका अपराध अनुसन्धान कार्यालयका

काठमाडौँ, १७ जेठ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार